अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको भन्ने गोप्य
सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष २२ को राम लक्षी रानाको घरकोठा खाँनतलासी
गर्दा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८७० मिलिग्राम र
ऐ. बस्ने वर्ष २० को बिशाल रानाको घरकोठा खाँनतलासी गर्दा १ ग्राम ९२० मिलिग्राम
गरी जम्मा ४ ग्राम ७९० मिलिग्राम
सहित दुवै जनालाई लागूऔषध
नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार,
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी
टोलीले आइतबार दिउँसो उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी, जिल्ला
कञ्चनपुर बेलडाँडी गा.पा.३ बनपुरुवाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने
धुलो पदार्थ १० ग्राम सहित सोही न.पा.२ चवन्नी बस्ने १८ वर्षिय किशोरलाई प्रहरी
चौकी झिलमिला, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा
शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई सोधपुछ गर्दा ऐ.चन्दनबस्ति
टोल बस्ने वर्ष २२ को गणेश साँउदले खरिद गरी ल्याएको हो भनि निज ब्यक्ति नजिकै
सडकमा पल्सर मोटरसाइकलमा पर्खि वसेको खुल्न आएको हुँदा सु.प.प्र.०१-०११ प २०५८
नम्बरको मोटरसाइकल सहित निजलाई फेला पारी उक्त पदार्थ,
मोटरसाइकल
सहित दुवै जनालाई पक्राउ गरेको छ ।