अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२८
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.६९,६००।– बराबरको चिनी, बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु मंगलबार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया
पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त
न.पा.११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५०,०००।– बराबरका कुखुराका
चल्लाहरू मंगलबार राति इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी
नियन्त्रणमा लिएको छ ।