अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२८
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भीमदत्त न.पा.४ बसपार्कबाट लागूऔषध सेवन गरि रहेका छन भन्ने गोप्य
सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ६० मिलिग्राम
सहित जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.७ बस्ने वर्ष १९ को रोहित नेपाली समेत २
जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ
गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।