फरार प्रतिवादी पक्राउ
२०८३-०६-२८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७०।०५।०१ गतेको
फैसलाले लागूऔषध (चरेश) मुद्दामा ५ वर्ष कैद सजाय र रु.७५,०००।-
( पचहत्तर हजार )
जरिवाना तोकिएको भिमदत्त न.पा.८ तिलाचौर बस्ने वर्ष ६५ को चक्र बुढालाई जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति निजकै घर
ठेगानाबाट पक्राउ गरेको छ ।