सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-१३
- A
- A-
- A+
बाजरा:-
जिल्ला
बाजुरा,
गौमुल गा.पा.६ नर्सरी स्थित गौमुल मार्तडी कच्चि सडक
खण्डमा घटमुना बजार देखि मालिवन तर्फ जाँदै गरेको से.
१ ज ९८९ नम्बरको
बलेरो जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजि ५० मिटर तल
खसि दुर्घटना हुँदा बिहिबार राति चालक खप्तडछेडेदह
गा.पा. ६ बस्ने बर्ष ५० को देबेन्द्र नाथको घट्नास्थलमा नै मृत्यु भएको हो । सोही जिपमा सवार घाईते ऐ.ऐ. ६ बस्ने बर्ष ३५ को मदन रोकायाको घटमुना स्थित
आधारभुत स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।