प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८०-०९-२२

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.३ जामिरगाडाबाट जुवातास खेलिरहेको अबस्थामा भिमदत्त न.पा.९ बस्ने बर्ष ३३ को भवानी सिह बुढा सहित छ जनालाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नगद रु. १,४२,६४५।- र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।