अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,६००।–बराबरको गाडीका बिभिन्न पाटपुर्जाहरु सहित जिल्ला कैलाली ध.उ.म.न.पा. ४ बस्ने बस्ने बर्ष २२ को सुनिल चौधरी सहित दुई जनालाई आईतबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीका लागि प्रहरीले सामान सहित निजहरुलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको हो ।
यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,४००।–बराबरको चिनी,प्याज,ललिपप लगायतका समानहरु आईतबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५६,१४०।–बराबरको कपडा,जुत्ता,मोबाईल कभर लगायतका समानहरु आईतबार दिउँसोतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।