भिरबाट लडेर मृत्यु
२०८०-१०-०८
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा,खप्तड छेडेदह गा.पा.५ बस्ने बर्ष ६८ की राजु देवी नेपाली घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर आईतबार राती मृत्यु भएको हो । गत शुक्रबार दिउँसोतिर जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतबार राती मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।