फरार प्रतिबादी पक्राउ
२०८०-१०-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सवारी ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले २ महिना ५ दिन कैद सजाय र रु. २०००।–जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ६ बस्ने वर्ष ३४ को बिर बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान धनगढी बजारबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।