प्रहरी कार्यालय
दार्चुला:- जिल्ला दार्चुला नौगाड गाउपालिका १ थाङलिङ बस्ने बर्ष ८० की सौली ठेकरे थाङलिङबाट सल्लागाउ जाने क्रममा सोही ठाउँ स्थित भिरबाट लडेर अन्दाजी २०० मिटर तल खसेर आईतबार घटनास्थलमानै मृत्यु भएको हो ।
बाजुरा:- जिल्ला बाजुरा बडिमालिका न.पा.१ सल्याना गाँऊ स्थित पोखरीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने बर्ष १४ की भावना कार्की डुवेर गम्भिर घाइते भई उपचारको लागि जिल्ला अस्पताल मार्तडी बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार राति मृत्यु घोषणा गरेको हो ।
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ८२० मिलिग्राम सहित सोही न.पा. ७ हरैयापुर बस्ने १८ बर्षिय किशोरलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले से ४ प ७४८१ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.८ श्रीलङ्का स्थित कर्णाली नदीको छेउबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८४,७२०।– बराबरको पानी टेप, चेक वाल, सकेट, नट बोल्ड, ट्युव, मोटरसाइकल थान-१ लगायतका सामानहरु आईतबार दिउँसो प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ७ बस्ने बर्ष ३१ को प्रकाश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ त्रिनगर र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७८,९२०।– बराबरको सुर्ति, सुटपिस, स्याम्पु, साबुन, सरप, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.१२,५००।– जरिवाना तोकिएको भिमदत्त न.पा.१८ बागवाणी बस्ने बर्ष २८ को रोशन दमाई । २. लागूऔषध खैरो हेरोइन मुद्दामा २० दिन कैद सजाय तोकिएको कृष्णपुर न.पा.२ वाणी बस्ने बर्ष २४ को चन्द्र बहादुर चन्द ।३. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको बेदकोट न.पा.२ दैजी बस्ने बर्ष ४६ को रमेश बहादुर बोहरा । कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले डाँका चोरी मुद्दामा ६ बर्ष कैद सजाय र रु.३३,७५०।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.१८ बस्ने बर्ष ३२ को रमेश खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली गौरीगंगा नगरपालिका १ बस्ने धर्म राज ढुङ्गानाले संचालन गरेको गौरीगंगा ट्रेड एण्ड सप्लायर्स पसलमा शुक्रबार राति विद्युतको तार सट भई आगलागी भएको छ, आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन वाँकि रहेको । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४६० मिलिग्राम सहित जिल्ला बाजुरा, बुढीगंगा न.पा.५ बस्ने २५ को नरेन्द्र बहादुर शाहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०६।०२ गतेको फैसलाले चोरी मुद्दामा २ बर्ष ११ महिना ८ दिन कैद सजाय, रु.५०,०००।– जरिवाना र सोही मुद्दामा मिति २०८१।१२।१५ गतेको फैसलाले २ बर्ष कैद सजाय र रु.२५,०००।- जरिवाना तोकिएको भिमदत्त न.पा.१८ सालघारी बस्ने बर्ष २० को बिक्रम कामीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर २३ बस्ने १८ बर्षिय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान र भजनी न.पा.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,२००।– बराबरको चिनी, सुर्ति, बिडी, बिभिन्न किसिका बिद्युत लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. बिद्युतिय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ बस्ने बर्ष ३२ को शंकर राना ।२. लागूऔषध खैरो हेरोइन मुद्दमा ३ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ भाँसि बस्ने बर्ष २३ को सिजन नेगी । कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.४ बस्ने दिपक सुनार ।२. लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भजनी न.पा.६ बस्ने रुप भण्डारी ।
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.६ बडेहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुनिल रानालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले निजको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल र ५ML को सिरिन्ज थान-३ सहित सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. ७ बेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,००,०००।– बराबरको बोईलर कुखुरा र कुखुरा बोक्न प्रयोग भएको मोटरसाइकल थान-२ सहित वुधबार अस्थायी प्रहरी पोष्ट जुगेडा र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. कर्तव्य ज्यान मुद्दामा २ बर्ष ६ महिना कैद सजाय र रु.२५,०००।– जरिवाना तोकिएका बेलौरी न.पा.१ मटैया बस्ने बर्ष २८ को सरोज राना र सोही ठाउँ बस्ने बर्ष २२ को राहुल राना ।२. मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.८ बस्ने बर्ष ५२ को लक्ष्मी दत्त पाण्डे ।३. बिद्युतिय कारोबार मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २६ को नबिन राना ।४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको पुनर्वास न.पा.२ अर्निकोबस्ती बस्ने बर्ष २८ को केशव सिंह योञ्जन ।५. लागूऔषध चरेश मुद्दामा ६ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ बस्ने बर्ष २६ को बसन्त जोशी ।६. राष्ट्रिय बन क्षेत्रबाट बिना ईजाजत बन पैदावार हटाएको मुद्दामा १ महिना कैद सजाय तोकिएका बेलौरी न.पा.५ बस्ने बर्ष ४० को गंगा राम चौधरी र सोही ठाउँ बस्ने बर्ष ३८ को बुद्दिराम चौधरी ।
कैलाली:- देश भारत जिल्ला लखिमपुर खिरी घर भई हाल धनगढी उ.म.न.पा.५ सत्कार चोक स्थित कोठा गरि बस्ने बर्ष २४ को साहिल खानलाई कटुवा पेस्तुल थान -१, खुकुरी थान-१, फलामको रड थान-१, रेन्च थान-१, डिजिटल काटा थान-१, चाँदिको जस्तो देखिने माला थान-२, फलामको टी थान-१ र टर्चलाईट थान-२ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि निजको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार र सामान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्बर ५ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२३,५००।– बराबरको मल, बिषादी, विउ विजन लगायतका सामानहरु मंगलबार वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.४,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.१ बस्ने खडक रेश्मी मगर ।२. सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा. १० बस्ने खेमराज जोशी । ३. लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला बझाङ वित्थडचिर गा.पा.२ बस्ने धन वहादुर बोहरा ।
कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.४ राजिपुर स्थित भित्रि सडक खण्डमा सोही ठाउँ बस्ने बर्ष ४५ को देवराज पाण्डेय सडकको बायाँ तर्फ किनारमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली लम्किचुहा न.पा.६ गप्का स्थित सोही ठाउँ वस्ने बर्ष ५० को रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले आफ्नै ससुरालिको खेत जोतिरहेको अवस्थामा उक्त ट्याक्टर पल्टिन गई ट्याकटरले च्यापिई सोमबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र ऐ.१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२२,०००।– बराबरको हेडफोन, स्पिकर, जेमेक्ट्रीबक्स, कपी, भारतिय नम्बरको मोटरसाइकल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,९००।– बराबरको वाल पेपर रोल, ग्रास कार्पेट, व्यानर, फ्रेम लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ त्रिवेणीघाट स्थित मोहना नदीको तिरमा नामथर वतन नखुलेको पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.३ बल्चौर स्थित रानीजमरा कुलरिया सिचाँई आयोजनाको नहरमा नामथर वतन नखुलेको बर्ष ४०/४५ जस्तो देखिने पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ मिलनचोक बस्ने बर्ष ३१ को गोपाल साउद आईतबार दिउँसो आफ्नै तिन तले घरको घतबाट लडेर गम्भिर घाइते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आईतबार साँझ मृत्यु भएको हो । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।
कैलाली :- १८ वर्षीया वालिकालाई मिति २०८३।०२।२१ गते राति सोही ठाउँ स्थित खेतवारीमा जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उप-महानगरपालिका १६ बेहडाबाबा बस्ने बर्ष २१ को प्रदिप चन्द समेत ३ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निजहरु तिनै जनाले ती वालिकालाई जबरजस्ती करणी गरेको भनि वालिकाको आफन्तले दिएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरीले निजहरुलाई आईतबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डडेल्धुरा:- डडेल्धुरा जिल्लाको बिभिन्न स्थानहरु परशुराम न.पा.९ कुयापानी र ऐ.१२ जोगबुढाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५१,८९०।– बराबरको बिडी, छाता, पास्ता, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,२००।– बराबरको किराना लगायतका सामानहरु आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ मोहती स्थित सोही न.पा.५ वस्ने बर्ष ४१ को जय सिह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलबाट जुवातास खेलिरहेको अवस्थामा निज जय सिह ठगुन्ना सहित ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.१,६२,७५०।– र २ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिचुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष १९ को कृष्ण रानालाई शनिबार वेलिकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र भजनी न.पा.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३९,४५०।– बराबरको चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा र ऐ. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको साडी, किराना लगायतका सामानहरु शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८७० मिलिग्राम सहित जानकी गा.पा.७ बस्ने बर्ष २३ को नरेन्द्र चौधरीलाई शुक्रवार वेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ पैदल आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३३,५००।– बराबरको मिठाई, धोती, पानीपुरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शुक्रबार अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर कञ्चनपुर भिमदत्त न.पा.६ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,९७,७८०।- बराबरको वाल फेन, सिलिङ फेन, एल.ई.डी.बल्ब, कलर लाईट, युके ०४ एन २२५५ भारतिय नम्वरको टोयटा कम्पनीको कार लगायतका सामानहरु सहित चालक पुनर्वास न.पा. १ बस्ने बर्ष ५३ को डम्मर चन्दलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शुक्रवार दिउँसो फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन साँवा व्याज भराई पाउँ मुद्दामा १ बर्ष कैद सजाय तोकिएको कैलारी गा.पा.४ भितरिया बस्ने वर्ष ४४ को खुसि राम चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।११।२७ गतेको फैसलाले बहु-विबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको बेलडाँडी गा.पा.५ झिलमिला बस्ने बर्ष ३५ को अमर सिंह रानालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
बझाङ:- जयपृथ्वी नगरपालिका-४ भिडमुनी बस्ने ४५ वर्षीय बिष्णु बहादुर खड्काको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी, लम्कीचुहा न.पा.६ चैनपुरबाट सोही ठाउँ बस्ने बर्ष २१ को बिकास थापा मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ गोबरैला घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,०००।– बराबरको आइसक्रिम विहीबार इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- टीकापुर नगरपालिका-२ राजीपुरमा बस्ने ५५ वर्षीय लाल बहादुर ठकुल्ला आफ्नै घर नजिकै रहेको नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् । अछाम:- पञ्चदेवल बिनायक नगरपालिका-९ स्थित भानाकोटबाट दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिकै कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- गोदावरी नगरपालिका-२ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुई स्थित हुलाकी राजमार्गबाट ९४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उप-महानगरपालीका ३ बडहरा गाउ बस्ने वर्ष २४ को प्रकाश चौधरी, वर्ष २५ को शिव चौधरी र वर्ष २२ को अविनास चौधरी रहेका छन । प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरीले से ३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट, ऐ.९ त्रिवेणीघाट, भजनी न.पा.९ झोलुङ्गे पुल नजिक र कैलारी गा.पा.५ पबेरा र गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६४,९००।– बराबरको पेय पदार्थ, विडी, सुर्ति, मसला, हेण्ड पम्प, वाल वासर, वासर, लसुन, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१९ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी टिकापुर न.पा.१ बस्ने बर्ष ५७ की गंगा देवी शाह ।२. लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.२ बस्ने बर्ष २३ को कृष्ण रावल । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको शुक्लाफाँटा न.पा.१० झलारी बस्ने बर्ष ३२ को सुरज राना ।२. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको बेलौरी न.पा.६ हात्तिबोझा बस्ने बर्ष ४० को चन्दु राना ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका-७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित बेल्डाडी गाउँपालिका-३ खैरीघाट बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१८ डिपो बजार, भजनी न.पा.५ मिलनपुर र ऐ. ६ महादेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४३,८५०।– बराबरको चिनी, सुर्ति, वाईरिङ पाईप, फलामको जन्जिर, ट्याकटरका विभिन्न पार्टपुर्जा, मोटरसाइकल थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बजार, ऐ.१० गज्जर र बेलडाँडी गा.पा.२ बेलडाँडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४०,९००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, मोटरसाइकल थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद र रु. १००० जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बस्ने बिरेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. कर्तब्य ज्यान मुद्धामा २ बर्ष ६ महिना कैद र २५,०००।– (पच्चिस हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा. १ बस्ने बर्ष ३३ को प्रशु राना ।२. लागुऔषध चरेश मुद्धामा १ बर्ष कैद र ५,०००।– (पाँच हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.५ बस्ने बर्ष ७० को पिउठा बोहरा ।३. लागुऔषध खैरो हिरोईन मुद्धामा ५ बर्ष कैद र ५,०००।– (पाँच हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष २५ को कमल बहादुर चन्द ।
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा नगरपालिका ६ बागमारा बस्ने बर्ष २५ को अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको छ । निजलाई घर नजिकै रहेको तराइला नदिमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भिर घाईते भई उपचारको लागी भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १३ मोहनपुरबाट ३६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पाटन नगरपालिका ८ बस्ने बर्ष ३३ को ईन्द्र बहादुर बिष्ट र जिल्ला कञ्चनपुर लालझाडी गाउपालिका ११ बस्ने बर्ष २५ को शुसिल थापा मगर रहेका छन । प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो यसैगरी, धनगढी उप-महानगरपालिका ३ बाट नियन्त्रित लागूऔषध स्पास (ट्रामाडोल) २९ ट्याबलेट सहित सोही ठाउँ बस्ने बर्ष २३ को रितेश थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ यसैगरी, भजनी नगरपालिका ६ बिसनपुरबाट ६ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका ७ बस्ने बर्ष २३ को राजबिन महतो र १८ बर्षिय किशोर रहेका छन । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० बनपुरुवाबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउपालिका २ चौवन्नी खल्ला बस्ने बर्ष २३ को लोकेन्द्र राना, बर्ष २४ को सुरेन्द्र राना र १८ बर्षिय किशोर रहेका छन । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले डी.एल. ३ एस.एफ.भी. २३२४ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९८,५००।– बराबरको कपडा,मल, मिठाई, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६४,५३०।– बराबरको चिनी, मिश्री, बिभिन्न किसिमका कपडा, चप्पल लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.४ राजिपुर बझाङ्गी टोल स्थित सोही ठाउँ वस्ने बर्ष ४८ को जगत धामीको घरको बैठक कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज जगत धामी सहित ९ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.१,७९,०२०।– र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कैलाली:- गोदावरी नगरपालिका-२ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्ट समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धर्मानन्दको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी, कैलारी गा.पा.३ सुर्मिनालाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को मिमुह चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क र दोधारा चाँदनी न.पा.३ न्याउली घाँटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,१००।– बराबरको तरकारी, कुरकुरे, पेय पदार्थ, पाप्पड, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,३५०।– बराबरको चिनी, खाने तेल, ग्याँस लाइटर, साडी, सुटपिस, किराना लगायतका सामानहरु आईतबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.१० गौसला स्थित महाकाली नदिमा माछा मार्ने क्रममा सोही ठाउँ बस्ने बर्ष ६४ को टोप बहादुर थापा मगरको डुवेर मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली लम्किचुहा न.पा.१ बाट २३० ग्राम लागूऔषध गाँजा देखिने पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को कमल चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यसैगरी, टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ६३० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर १६ बस्ने बर्ष ३१ को दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम २० मिलिग्राम, नाईट्रोजाम ३ क्यापसुल र स्पाजाम ८ क्यापसुल सहित सोही न.पा.७ बैद्य टोल बस्ने बर्ष २१ को खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, भजनी न.पा.६ विस्नापुरबाट ३४० मिलिग्रमा लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गा.पा.४ मुनुवा बस्ने बर्ष २० को प्रासिस रावत र १८ बर्षिय किशोर रहेका छन । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चन्देवबाट २३० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पुर्चौडी न.पा.८ बस्ने बर्ष ३२ को अर्जुन धानुक र पुनर्वास न.पा.२ मोतिबस्ति बस्ने बर्ष २२ को आशिष साउद रहेका छन । इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले से ६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गा बगरबाट ११ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मार्मा गा.पा. ४ घर भई हाल बाङ्गा बगर बस्ने बर्ष ३१ को सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७०।१०।०२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएको केदारस्यु गा.पा.३ बस्ने बर्ष ५५ को बिर्ख खातीलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
डडेल्धुरा:- जिल्ला डडेल्धुरा आलिताल गा.पा.१ बन्ताल बस्ने बर्ष १६ को अनिल बि.क.को शुक्रबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ । निजलाई आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाई मोबाइल चलाउने क्रममा करेन्ट लागी गम्भिर घाइते भई उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।
बझाङ:- जिल्ला बझाङ केदारस्यु गा.पा.९ झोता बजार स्थित अनिल होटेलबाट ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गा.पा.१ बस्ने १८ वर्षिय किशोर र जयपृथ्वी न.पा.१० बस्ने वर्ष २२ को प्रकाश श्रेष्ठ रहेका छन । लागूऔषध सेवन गरिरहेका छन भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी प्रहरी पोष्ट झोता, बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई होटेलको कोठाबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
बैतडी:- जिल्ला बैतडी पुर्चौडी न.पा.८ मिरराड भिर धौनाली स्थित नामथर वतन नखुलेको पुरुष विहीबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१ बनखेत स्थित पुर्व पश्विम राजमार्गमा पुर्वबाट अत्तरियातर्फ आउँदै गरेको भि.न.पा.००-१ ह ०८७० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ६० की पशुपति नेपालीको विहीबार वेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई निसर्ग अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषण गरेको हो । अटो र अटो चालक सोही न.पा.११ ओलानी बस्ने बर्ष ५५ को प्रेम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाजुरा:- जिल्ला बाजुरा बडिमालिका न.पा.६ आडेकोर्ध जङ्गलको बिचमा जिर्ण अवस्थामा रहेको छानो भित्र खरमुनि लुकाई छिपाई राखेको बेबारिसे अवस्थामा भरुवा बन्दुक १ नाल विहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१० झलारी बस्ने टेक राज ठकुल्लाले संचालन गरेको ठकुल्ला ट्रेडर्स एण्ड हाडवेयर पसलमा विहीबार राति विद्युतको तार सट भई आगलागी भएको छ, आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन वाँकि रहेको । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ अमरबस्ती मसानघाटबाट १ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ धनगढी उ.म.न.पा.१५ उर्मी बस्ने बर्ष २४ को राम मोहन राना समेत ३ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरीले अमरबस्तीबाट धनगढीतर्फ आउँदै गरेको से ४ प ८९६९ नम्बरको मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क र ऐ.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,०००।– बराबरको सुटपिस, डिस्पोजल पेपर ग्लास, बैण्ड वाजाका सामान, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
डडेल्धुरा:- जिल्ला डडेल्धुरा परशुराम न.पा.१२ पन्तुरा खोलाको किनारमा सोही न.पा.६ सरगौणा बस्ने बर्ष ७३ को धन बहादुर कठायत वुधबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको मोहन्याल गा.पा.३ बस्ने दिपेन्द्र बहादुर बटला ।२. बन मुद्दामा १५ दिन कैद सजाय र रु.३६,७१५।– जरिवाना तोकिएको बर्दगोरिया गा.पा.६ बस्ने कालु भुल ।३. बन मुद्दामा ६ महिना कैद सजाय र रु.६०,६२४।– जरिवाना तोकिएको घोडाघोडी न.पा.४ बस्ने भुवन रतौली । ४. आत्महत्या दुरुत्साहन मुद्दामा २३ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको टिकापुर न.पा.१ भगरैया बस्ने भुपेन्द्र चौधरी ।
कैलाली:- जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ५ तारानगर बस्ने नरेन्द्र भट्टको घरमा वुधबार साँझ आगलागी हुँदा टि.भी, लत्ता कपडा, भाडावर्तन, खद्यान्न लगायतका धनमालहरु जलेर नष्ट भएको छ, आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन वाँकि रहेको । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.९ जिरो पोईन्टबाट १ ग्राम ८८० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा ७ हल्दुखाल बस्ने बर्ष २७ को मनोज बहादुर सिंह, बर्ष ४८ को उदय भट्ट र बर्ष २९ की हिमा सिंह रहेका छन । इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.३ पडाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,६००।– बराबरको चिनी, विडी, पेय पदार्थ लगायतका सामानहरु वुधबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको बेदकोट न.पा.१ हात्तिथला बस्ने बर्ष २४ को मुकेश बोहरा ।२. अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।- जरीवाना तोकिएको बेल्डाडी गा.पा.२ बस्ने बर्ष ३८ को अम्मर ब.शाही । कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएको मोहन्याल गा.पा.२ बस्ने बर्ष २५ को प्रेम देबकोटालाई इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ बर्दगोरियाबाट ५०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ बस्ने बर्ष १९ को रोशन बिश्वकर्मा, १८ वर्षिय किशोर र घोडाघोडी न.पा.६ बस्ने बर्ष १९ को अविशेक साउद रहेका छन । इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र ऐ. ७ कालिका चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८१,९९०।– बराबरको चिनी, सरप, सुटपिस, पानि तान्ने मोटर, फिल्टर लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० गड्डाचौकी र बेलौरी न.पा.२ टेडुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,७७,१५०।– बराबरको बिभिन्न किसिमका कपडा, बोईलर कुखुरा, किरानाका सामान, कुखुरा ढुवानीमा प्रयोग भएका मोटरसाइकल थान-४ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.६ खरुवाखेडा स्थित सितल सामुदायिक वन नजिकै रहेको खेतवारीमा सोही ठाउँ वस्ने वर्ष ४० को खडक बोहरा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.७ बस्ने बर्ष २२ को प्रदिप रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली गोदाबरी न.पा.९ बल्मी बस्ने लक्ष्मीदेवि जोशीको गाई/गोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र गोठ भित्र रहेका काठ, भुसा, पराल लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.१,७०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको, आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो । बाजुरा :- जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.५ डोगडी बस्ने लोकेन्द्र रावतको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले ८ कोठे कच्ची घरमा बिद्युतको तार सट भई आगलागी हुँदा गोठमा बाधेका २ वटा बाख्रा जलेर मृत्यु भएको हो । आगलागीबाट घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो, क्षतिको विवरण आउन वाँकि रहेको छ, मानविय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ कौवा खेडाबाट १२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्की चुहा न.पा.९ बस्ने बर्ष २७ को प्रमोद गिरी र बर्ष २२ को राम बहादुर बि.क.रहेका छन । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले से १ प ८३०८ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ डोके बजार, भजनी न.पा.३ काँडा र ऐ. ५ हलौना घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०६,५२०।– बराबरको चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा, साबुन लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ र ऐ.६ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४९,९००।– बराबरको जुत्ता, पेचकिला, मन्दिर गुम्वा, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. १. चोरी मुद्दामा ३ महिना कैद सजाय, रु.१५,०००।– जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकासबस्ती बस्ने बर्ष २६ को महेश राना । २. कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र रु.५०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बस्ने बर्ष ३३ को सेवराज राना ।
डडेल्धुरा:- जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.१ खतेडा बस्ने बर्ष ३७ की लक्ष्मी भण्डारी आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खस्न गई गम्भिर घाईते भई उपचारको लागि लागी डडेल्धुरा अस्पताल डडेल्धुरामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बोराडाँडी बस्ने तारा देवी गरतौलाले संचालन गरेको सिघादेवी अटो मर्मत सेन्टर तथा सप्लायर्समा गयराति विद्युतको तार सट भई आगलागी हुँदा दुई वटा सटरभित्र रहेका चार पाङ्ग्रे सवारी साधनहरूको ईन्जिन, वायरिङ्ग लगायतका समानहरु जलेर नष्ट भएका छन । आगलागिबाट भएको क्षतिको विवरण आउन वाँकि रहेको छ । स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
कैलाली:- जिल्ला कैलाली मोहन्याल गा.पा.६ सोल्टा स्थित बागरादेखी सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकबाट अन्दाजी १५/१६ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरको छोरी वर्ष ९ की जैसरा सिजापतिलाई चोट लाग्न गई घटनास्थलमा नै मृत्यु भएको हो । सोही ठाउँ बस्ने नवराज वि.क.को छोरी वर्ष ५ की मनिषा वि.क. घाइते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ । ट्याक्टर धनी मोहन्याल गा.पा.६ बस्ने वर्ष २२ को जिवन वि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक जिल्ला सुर्खेत, वि.न.पा. छिन्छु बस्ने सशिप ओली फरार रहेकोले निजको खोजतलास भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को संजय बिश्वकर्मालाई आइतवार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देश भारत लखिमपुरी जिल्ला तेकुनिया बस्ने बर्ष २८ को विकाश कुमार र बर्ष ३४ को मन्जोत सिंह रहेका छन । भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी. ३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.६ बस्ने बर्ष २३ को आशिष शाही र वर्ष १९ को ओम प्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.१० सिमलघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,२५०।– बराबरको चिनी, मिठाई, पानिपुरी, मसला, सरप, कुर्ति, दोपट्टा, छिद्रा माछा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, ऐ.११ भुजेला र लालझाडी गा.पा. १ नौरङगाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३२,७४०।– बराबरको चप्पल, सुटपिस, केरा, विभिन्न किसिमका इलेक्ट्रिक सामान, किराना लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५ झिनुवा बस्ने बर्ष १५ को लोकेश बि.क. शनिवार साँझ आफ्नै घर नजिक सिमलको रुखको हाँगा काट्ने क्रममा रुखबाट खस्न गई गम्भिर घाईते भई उपचारको लागि लागी सेती प्रादेशीक अस्पताल धनगढी ल्याईएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोड स्थित डेरा गरि वस्ने वर्ष ७४ को आश बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा निज आश बहादुर गुरुङ सहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.११,७८०।– र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१० दमौराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित २ जनालाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष १९ को योगेन्द्र भुल र बर्ष २६ को अमित कुमार तामाङ रहेका छन । लागूऔषध सेवन गरी हिडिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.३ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४३,१३०।– बराबरको सुटपिस, मिठाई, बच्चाका खेलौना, सरप, साइकलका विभिन्न सामानहरु, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.५ भकुण्डा, पुनर्वास न.पा.६ खप्तड स्कुल नजिक र पुनर्वास न.पा.८ लम्साल चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३२,५००।– बराबरको पेय पदार्थ, Air cooler, बोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर स्थित नहर छेउमा जिल्ला अछाम पंचदेवल बिनायक न.पा.६ तोली वस्ने वर्ष ४५ को कमल बिष्ट शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जानकी गा.पा.७ गौलौरी बस्ने बर्ष २२ को रबि कुमाल थारुलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । बैतडी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत पाटनको मिति २०७९।११।२६ गतेको फैसलाले बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र रु.९,५०,०००।–(नौ लाख पचास हजार) जरिवाना तोकिएको पुर्चौडी न.पा.५ कुवाकोट वस्ने बर्ष ३७ को सुमित कुमार कुँवरलाई इलाका प्रहरी कार्यालय पाटन, बैतडी समेतबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४०० मिलिग्राम सहित टिकापुर न.पा.१ एकतानगर बस्ने बर्ष १९ को नरेश परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ वाणी दुई नम्बर चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को सुर्य नाथ, बर्ष २८ को रोहन बोहरा र वर्ष २८ को हिक्मत भण्डारी रहेका छन् । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ:- जिल्ला बझाङ जयपृथ्वी न.पा.१० बसपार्क स्थित सोही ठाउँ बस्ने वर्ष २५ की साधना बोहराले सञ्चालन गरेको किराना पसलबाट ३१४ ग्राम ८४० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८०।१०।०८ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना १० दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, बुढिगंगा न.पा.६ बस्ने बर्ष १९ को राजेन्द्र सार्कीलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले विहीबार दिउँसो बडिमालिका न.पा. ९ स्थित मार्तडी बजारबाट पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.५ प्रहरी चेकपोष्ट नजिकबाट २ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित घोडाघोडी न.पा.१० लठैया बस्ने बर्ष १९ को आदित चौधरीलाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारत बाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरीले से २ प ७४१० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ नेशनल ट्रेडिङ् नजिक र ऐ. १९ खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,१००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली, वोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ बैजुडाडा र बेलडाँडी गा.पा.३ कमरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१५,९७१।– बराबरको चिनी, पेय पदार्थ, हार्डवेयर, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५८,८००।– बराबरको डिजेल र मोटरसाइकल थान-१ सहित चालक देश भारत सुडा बस्ने बर्ष ३५ को उमेश गुप्तालाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले विहीवार साँझ फेला पारी उक्त डिजेल, मोटरसाइकल सहित निजलाई नियन्त्रण लिएको हो ।
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कर्मचारिलाई नाप नक्सा गर्न बाधा अवरोध गरेको मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.४ बस्ने धन बहादुर मगर र सोही मुद्दामा १ महिना कैद सजाय तोकिएका सोही ठाउँ बस्ने कालु आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्र सिह दानीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले वुधबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २० को अंकित धामी समेत ६ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ चेतन होटल नजिक, ऐ.१३ बैजनाथ मन्दीर नजिक र बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,५४४।– बराबरको क्रिम, पाउडर, तेल, साबुन, विभिन्न किसिमका औषधि, किराना लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कैलाली:- जिल्ला कैलाली कैलाली धनगढी उ.म.न.पा.१९ लल्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।– बराबरको सिद्रा माछा वुधबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । बैतडी:- जिल्ला बैतडी कैलाली दशरथ चन्द न.पा.२ सुँगरखालीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४४,०००।– बराबरको ३६० बण्डल पनिहारिन बिँडि वुधबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय झुलाघाट, बैतडीमा वुझाएको हो ।
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले प्राचिन स्मारक मुद्दामा ३ महिना २ दिन कैद सजाय र रु.१४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ बौनिया वजार बस्ने अम्बर बहादुर शाहीलाई इलाका प्रहरी कार्यालय बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष २९ को गणेश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली भजनी न.पा.१ भजनी वजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५५० मिलिग्राम सहित जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ घर भई हाल भजनी वजार स्थित होटेलमा कोठा गरी बस्दै आएको बर्ष ३० को नरेन्द्र मार्कण्डलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ सुकुटी तालबाट १ ग्राम ३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २३ को श्याम राना र बर्ष २२ को सुरेन्द्र राना रहेका छन । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट, ऐ.७ मनेहरा, भजनी न.पा.७ हलौनाघाट र जानकि गा.पा. ४ मुनुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६९,६६०।– बराबरको चिनी, सुर्ति, सरप, पास्ता, इम्ली, सुटपिस, मोटरका बिभिन्न सामान, किरानाका सामान, मोटरसाइकल थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ गड्डाचौकी र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१९,३४०।– बराबरको चिनी, मिश्री, दाल, पेय पदार्थ, मिठाई, किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको छ । लालझाडी गाउँपालिका-४ जाइस्थित माटो खन्ने क्रममा माटोको ढिस्को खसेर हरदुलिया पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनको शव फेला परेको हो । साथै माटोको ढिस्कोले पुरिएर घाइते भएकी १ जनाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम २३० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष १९ को लक्ष्मण रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट ७९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा न.पा.७ बस्ने बर्ष २८ को शिव कामी र १७ वर्षिय किशोर रहेका छन । भारत बाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले भे ७ प ४४० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । यसैगरी, जिल्ला कैलाली भजनी न.पा.८ काडाँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १२० मिलिग्राम सहित जानकी गा.पा.२ बस्ने बर्ष २९ को दिपक दमाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित घरमा लागूऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ वस्ने बर्ष २८ को फुलचरण राना र बर्ष २७ को हरिस रानाको घर कोठामा खानतलासी गर्दा फुलचरण रानाको घर कोठाबाट ८ ग्राम ८७० मिलिग्राम र हरिस रानाको घर कोठाबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित दुवै जनालाई पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ त्रिवेणीघाट र टिकापुर न.पा.८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,६६५।– बराबरको सुर्ति, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,५००।– बराबरको तरकारी, किराना लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.९ जमुनाभाडी स्थित भित्री कच्ची सडक छेउमा सोही ठाउँ बस्ने बर्ष ४५ को गौरी सार्की आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ आर्मी ब्यारेक नजिक अत्तरीयाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००२ त ६८९९ नम्बरको ट्याक्टरले सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०१४ प २६२८ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक जिल्ला अछाम, मेल्लेख गा.पा.६ बस्ने बर्ष ३७ को प्रभाकर भट्टराई गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ६३ को राम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ९५० मिलिग्राम, लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ३८ ग्राम १५० मिलिग्राम र डिजिटल तराजु थान १ सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहुँ गा.पा.१ स्थायी वतन भई हाल महाकाली न.पा.४ बाङ्गाबगर बस्ने बर्ष ३० को रबि कुवर, नौगाड गा.पा.१ दल्लेख बस्ने बर्ष २२ को देवेन्द्र चुनारा र व्यास गा.पा.१ तिङकर बस्ने बर्ष ३४ को प्रलभ तिंकरी रहेका छन् । रवि कुवँरको घरमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक, ऐ.८ कान्तिपुर टोल र कैलारी गा.पा.५ छोटि पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,१००।– बराबरको चिनी, बिडी, बिभिन्न किसिमका कपडा, मसला, प्लाष्टिक थाली, मोजा, कट्टु लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली घोडाघोडी नगरपालिका १० भाकल स्थित कान्द्रा नदिमा डुबेर सोही ठाउँ बस्ने भद्र बमको छोरा बर्ष ९ को शुसिल बमको शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबि बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी पहलमानपुरबाट खटिएको प्रहरीले डुबेकै ठाउबाट फेलापारी डुबेर अशक्त भएका निजको निसर्ग अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत दिपायलको मिति २०८२।०९।०२ गतेको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएकी भिमदत्त न.पा.११ बागफटा बस्ने बर्ष २६ की निर्मला रतुकीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार साँझ सोही न.पा. २ भासिबाट पक्राउ गरेको हो ।
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ त्रिनगर, ऐ. १९ नर्सरीघाट र भजनी न.पा.५ पगियापसार घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०८,४१०।– बराबरको सुटपिस, अचार, कपी, सुर्ति, बिडी, गुट्खा, चक्लेट, बोइलर कुखुरा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।