प्रहरी कार्यालय
कैलाली:- मिति २०८२।०३।२६ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ लालबोझी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, सोही न.पा.४ बस्ने बर्ष २५ को मनोज चौधरी र मोटरसाइकल पछाडी सवार बर्ष २१ को बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.१२ बस्ने बर्ष २१ को बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार बर्ष २८ को हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम गरी जम्मा ५ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, दुवै मोटरसाईकल सहित निजहरु चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।२६ गते ११:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१ धनगढी रोड स्थित सब्जी मण्डीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८०,०००।– बराबरको सुटपिस, साडी, कुर्ति, धोती, थान कपडा, लिचीको जुस बनाउन प्रयोग हुने लिक्विड, प्लाष्टिक झिल्ली लगायतका सामानहरु इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०३।२५ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.६ स्याउले स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेकी पैदल यात्री सोही ठाउँ बस्ने बर्ष ५५ की लक्ष्मी ढुङगाना र बर्ष २२ की मिना ढुङगानालाई पछाडी बाट ठक्कर दिइ घाईते भई उपचारको लागि दुवै घाइतेलाई भल्का अस्पताल लम्की, कैलाली हुँदै मेडिकल कलेज कोहलपुर, वाँके लगिएकोमा उपचारको क्रममा ऐ.२२:२० बजे लक्ष्मी ढुङगानाको मृत्यु भएको, मिना ढुङगाको सोही अस्पतालमा उपचार भईरहेको, अटो र अटो चालक सोही ठाउँ बस्ने बर्ष २३ को हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।२५ गते १९:१० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरिया बस्ने बर्ष २६ को कृष्ण राना, मोटरसाइकल पछाडी सवार ऐ. वस्ने बर्ष २७ को महेश राना र जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ धनगढी गाउँ बस्ने १८ वर्षिय किशोरीको साथबाट १.९१ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ शिसा पोष्ट नजिक र टिकापुर न.पा.७ बिष्णुकान्ति चोक नजिक भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४५,७००।– बराबरको सुर्ती, कुर्ती, कट्टु, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।२५ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बेलौरीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,९००।– बराबरको सुटपिस, पर्दा, तन्ना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- (तिन हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते ऐ.८ क्याम्पस चोकबाट पक्राउ गरेको । बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७७।०४।२० गतेको फैसलाले काठ ओसार पसार सम्बन्धी मुद्दामा २ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको जिल्ला बझाङ, केदारस्यु गा.पा.६ बस्ने बर्ष ३४ को डबल धामीलाई अस्थायी प्रहरी पोष्ट बागथला, बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।२४ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.४ मुडा बजार चोकबाट सोही गा.पा.१ बस्ने बर्ष ३४ को अरुण बादीलाई शंका लागि चेकजाँच गर्दा १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कञ्चनपुर:- मिति २०८२।०३।२४ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ मटैयाबाट सोही न.पा.३ खिरिया बस्ने बर्ष २५ को तेज बहादुर कार्की र ऐ. भिमदत्त न.पा. ४ बजार बस्ने बर्ष २५ को रोहीत भट्टलाई शंका लागि चेकजाँच गर्दा BUPRONORPHINE ४६ एम्पुल, DIAZEPAM १७ एम्पुल, PROMETHAZINE ४६ एम्पुल र सिरेन्ज थान १ प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरु दुवै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०३।२४ गते २१:३० बजेको समयमा गोप्य सुचनाका आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ बस्ने ललित जोशीको घर कोठा खानतलासी गर्दा १.०६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले अन्य सरकारी वा सार्वजनिक लिखित किर्ते मुद्दामा ९ महिना कैद सजाय रु.१०,०००।-(दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१६ बेहेडाबाबा बस्ने बर्ष २२ को सुन्दर चौधरी र सोही मुद्दामा रु.२५,०००।- जरिवाना तोकिएको सोही ठाउँ वस्ने बर्ष २९ को राम मिलन चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२३ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- मिति २०८२।०३।२३ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०२,१५०।– बराबरको कस्मेटिक, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाईएको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते ऐ.१ अदालत रोडबाट पक्राउ गरेको । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बागबाणी वस्ने बर्ष २१ रोहित दमाईलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोक, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.९ पाताभार स्थित निजकै घर ठेगानाबाट बर्ष २१ को जनक बोगटीलाई लागूऔषध सेबन गरिरहेको अवस्थामा फेला पारी घर कोठा खानतलासी गर्दा ११४ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कञ्चनपुर:- मिति २०८२।०३।२२ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजार स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से ७ प ८८५ मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा.५ शिवनगर बस्ने वर्ष ३३ को ईन्द्र ध्वज बमको साथबाट ७०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक, शिसा पोष्ट, राष्ट्रिय वाणिज्य वैंक नजिक र ऐ.१३ राजपुर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३९,१००।– बराबरको चिनी, दाल, मिठाई, सरप, कुर्ती, सुटपिस, पर्दा, साडी, टप्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।१९ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.९ कटासे स्थित बर्ष २७ को शंकर थापालाई निजकै घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा निजको शरीर तथा घर कोठा खानतलासी गर्दा ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ , ३० ग्राम लागूऔषध (गाँजा), Nicator 10 लेखेको ट्याब्लेट २ पिस र Tramadol क्याप्सुल १ पिस फेला पारी उक्त लागूऔषध सहित निजलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा धनगढी र प्रहरी चौकी अमरावती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।१९ गते ०८:३० बजेको समयमा जिल्ला कैलाली, पुनर्वास न.पा.११ डोकेबजार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४४,४००।– बराबरको बिडी, सुर्ती, कुर्ति, धोती लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएकी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने १८ बर्षिय किशोरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ भन्सार ब्यारेल नजिक र भजनी न.पा.०७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५५,२६०।– बराबरको चिनी, बिडी, सुर्ती, सरप, कुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०३।१७ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ सि गाँउ बस्ने राजु श्रेष्ठको छोरा बर्ष ८ को शिद्धार्थ श्रेष्ठ घर नजिकै रहेको पानि जमेको खाल्डोमा खेल्ने क्रममा डुवी घाईते भई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।
कञ्चनपुर:- मिति २०८२।०३।१७ गते २०:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा बाट आउदै गरेको चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरिया बस्ने बर्ष ४० को दिपेन्द्र चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. २२:१५ बजे उपचारको क्रममा मृत्यु भएको, जिप र जिप साहु जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी बस्ने बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको, जिप चालक फरार रहेकोले खोजी कार्य भईरहेको ।
कैलाली:- मिति २०८२।०३।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ तिलकेताल, त्रिनगर भन्सार कार्यालय नजिक र ऐ.१९ चाँदकी पार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,९००।– बराबरको चिनी, बिडी, सुर्ती, चुरोट, सुटपिस, टप्स, कुर्ती, प्लाजु, साडी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०३।१६ गते २२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.३ देखतभुली बस्ने वर्ष ४० को अशोक चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडी सोही नालामा डुबी घाईते भई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।
कैलाली:- मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही, बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको । २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- मिति २०८२।०३।१५ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २४ को राजेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०३।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, जोशिपुर गा.पा.४ कटुवापुर बस्ने बर्ष १८ को सुमित चौधरी घर नजिकै रहेको पथरैया नदीमा माछा मार्ने क्रममा डुबी मृत्यु भएको ।
कञ्चनपुर:- मिति २०८२।०३।१४ गते ०८:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ फटैयाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,०००।- बराबरको छाता, वोईलर कुखुरा लगायतका सामानहरु प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०३।१३ गते २३:२० बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ०७ महुलिया स्थित निराजन सामुदायिक बन क्षेत्र भित्र जमिनमा बेवारिसे अवस्थामा एकनाले बारुद लोड गरि राखेको भरुवा बन्दुक नाल - १ (एक) र एकनाले भाँचिएर २ (दुई) टुक्रा भएको भरुवा बन्दुक नाल – १ (एक) गरी जम्मा - २ (दुई) नाल भरुवा बन्दुक इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।१४ गते ०१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १२ कम्पनि टोल स्थित क्याम्पस चोकबाट जुगेडा तर्फ जादै गरेको चालक ऐ. जुगेडा बस्ने बर्ष ४० को रबिन्द्र सिंहले चलाएको सु.प.प्र.०१-००९ प ७७८४ नम्बरको नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नालिमा पल्टिदा गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ. ०१:२५ बजे मृत्यु भएको ।
कैलाली:- मिति २०८२।०३।१३ गते २१:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सहिद गेट र टिकापुर न.पा.८ अरनुवा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६५०।– बराबरको बिडी, सुर्ती, पानिपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।१३ गते १२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ टाउके बजार स्थित भित्री सडक किनारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,५००।- बराबरको सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीलाई वुझाएको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०९।०५ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन ) मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ मौरीफाँटा वस्ने वर्ष २२ को भरत रोकाया र सोही मुद्दामा ९ दिन कैद सजाय तोकिएको सोही ठाउँ वस्ने वर्ष २७ को हरिश कुवरलाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०३।११ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक र ऐ.३ बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,७००।– बराबरको चिनी, चप्पल वनाउने फित्ता, चप्पलमा लगाउने सितारा, प्लाष्टिक डोरी, विभिन्न किसिमका कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ गड्डाचौकी बजार र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१४,५४०।– बराबरको मोवाईलका पार्टपुर्जा, वोईलर कुखुरा, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।१३ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ महिना कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ४ त्रिवेणी चोक बस्ने वर्ष ४० को कमल दल्याललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।१० गते २३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ सेतोपुल स्थित ऐ. जोशीपुर गा.पा.४ बस्ने बर्ष २६ को रुद्र चौधरीले चलाएको सु.प.प्र.०१-०१२ प ७९५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ.२३:३० बजे मृत्यु भएको ।
कैलाली:- मिति २०८२।०३।१० गते १७:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ F गाउँबाट सोही ठाउँ बस्ने वर्ष २८ को धरम पाललाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०३।१० गते २२:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ घुर्सुवाबाट ऐ.धनगढी उ.म.न.पा.११ बस्ने बर्ष २४ को भक्तरानज रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।१० गते २२:३० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ भगतपुर स्थित हुलाकी सडकखण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५३,०५०।– बराबरको बिडी, सुर्ती, छाता, चक्कु, खानेतेल, मोटरसाईकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०८।०४ गतेको फैसलाले लागू औषध (खैरो हेरोइन ) मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ क्याम्पसचोक बस्ने वर्ष ३१ को बिबेक बराललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको । यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७२।०५।०८ गतेको फैसलाले नकबजनि चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.९,९५५।- जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ बस्ने बर्ष ३७ को मंगरु डगौरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको । यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७२।१२।२१ गतेको फैसलाले आगोलगाई गौबध मुद्दामा १६ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.५ बस्ने बर्ष ३१ को दिनेश धामीलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- मिति २०८२।०३।०८ गते २३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, वेदकोट न.पा.१ चम्फापुर बस्ने नन्दा कुमारी भट्टले आफ्नै तिन कोठे पक्की घरमा संचालन गरेको फेन्सि पसलमा बिद्युतको तार सट भई आगलागी हुँदा पसल भित्र रहेका नगद, सुटपिस, चप्पल, थान कपडा, लेडिज व्याग लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२४,०५,०००।– (चौविस लाख पाँच हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।
कैलाली:- मिति २०८२।०३।०८ गते १६:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उ.म.न.पा.१२ पटरीघाट स्थित भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब सिंह र बर्ष २० को विपिन कुमारलाई नेपाल भारत सिमानामा पैदल हिडिरहेको अवस्थामा संका लागी चेकजाँच गर्दा निजहरुको साथबाट कटुवा पेस्तोल नाल-१ र ऐ. मा लाग्ने गोली–१ राउण्ड फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पेस्तोल र राउण्ड सहित निजहरु दुवै जनालाई पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।०८ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा. ४ सिमथरी स्थित पिपल चौतारामा लागूऔषध सेवन गरी रहेको अवस्थामा ऐ.१ बस्ने बर्ष २५ को प्रदिप चौधरी, ऐ.९ रतिपुर बस्ने १८ बर्षिय किशोर र भारत आसाम प्रदेश दामाजी जिल्ला जुनैला नहर्जुन बस्ने बर्ष २२ को राजेश मिलिलाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१५ उर्मी कालिका सामुदायिक बन र जानकी गा.पा.७ स्थित पुछरी सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१८,१००।– बराबरको चिनी, बिडी, सुर्ती, प्लाष्टिक डोरी, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०३।०७ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा स्थित न्यू लामिछाने कन्ट्रकसन भित्र जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ऐ.१ बस्ने बर्ष ३१ को सन्तोष कामी सहित १२ (बाह्र) जनालाई नगद नेपाली रुपयाँ रु.१,२६,२८० र भारतिय रुपयाँ ३००० गरी जम्मा रु.१,३१,१८०।–, १३ थान मोबाइल र ४ गड्डी तास सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।०७ गते २१:५० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० शुकासाल स्थित सोही ठाउँ बस्ने महेश लुहारले संचालन गरेको कुखुरा मासु पसलमा कुखुराको मासु पोल्ने क्रममा ग्यासको पाइपबाट आगलागी हुँदा पसल भित्र रहेका डि-फ्रिज, पंखा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,२०,०००।– (एक लाख बिस हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।
कैलाली:- मिति २०८२।०३।०७ र ०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ चक्मेली पुज नजिक, ऐ.१२ पटरीघाट र कैलारी गा.पा.५ गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२७,४९०।– बराबरको चिनी, बिडी, सुर्ती, पेय पदार्थ, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
डोटी:- मिति २०८२।०३।०६ गते १३:४० बजेको समयमा जिल्ला डोटी, आदर्श गा.पा.१ खिराधार धौलामाटी स्थित दिपायल-सायल भित्री सडक खण्डमा आदर्शबाट मेल्लेख तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३९५ नम्बरको जिप घुम्तीमा अनियन्त्रीत भईसडकबाट अन्दाजी २५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक ऐ. ७ दडिमाना बस्ने बर्ष २७ को सुरेश कार्की र ऐ. सायल गा.पा. ४ सुण्ड बस्ने बर्ष ४१ की हरु देवी बि.क. को घटनास्थलमै मृत्यु भएको, ऐ.सायल गा.पा.-६ कटुवाल गाँउ बस्ने बर्ष ३५ की काली कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको साथै जिपमा सवार अन्य पाँच जना घाईते हरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।०६ गते १९:३५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.६ स्थित सम्राट होटलको कोठामा लागूऔषध (खैरो हिरोईन) बेचविखन तथा कारोवार गर्ने कार्य भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ५० को दिपक वि. सी. र जिल्ला दार्चुला, महाकाली न.पा.३ बस्ने वर्ष ४२ को नरसिंह महरालाई होटेलको कोठा भित्र बसिरहेको अवस्थामा कोठा तथा निजहरुलाई खानतलासी गर्दा कालो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा २७३ (दुई सय त्रिहत्तर) ग्राम २६० (दुई सय साठ्ठी) मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुवै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कैलाली:- मिति २०८२।०३।०६ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ शहिद गेटबाट ऐ. १३ बस्ने बर्ष २७ को जिबन चौधरीलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०३।०६ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेकपोष्टमा शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा ऐ.१ पशु हाटबजार बस्ने १८ बर्षिय किशोर र १५ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०३।०६ गते २२:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाँघाटबाट सोही ठाउँ बर्ष २२ को सरोज रानालाई शंका लागि चेकजाँच गर्दा १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।०६ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ SPA कलेज नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,६०२।- बराबरको गाडी र ट्रकको पार्ट पुर्जा लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।०६ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०५,३५०।– बराबरको बिजुली, हार्डवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।०५ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागू औषध (खैरो हिरोईन) मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.९ बस्ने वर्ष ३१ को भुवन कुँवर । २. लागू औषध (खैरो हिरोईन) मुद्दामा १ महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बस्ने वर्ष ३० को राजेश राज पन्त ।
कैलाली:- मिति २०८२।०३।०५ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा. ९ बालुवाटार स्थित सडक खण्डबाट ऐ. लम्कि चुहा न.पा.१ बस्ने वर्ष २३ को अम्मर शाही समेत पाँच जनालाई १ ग्राम ८०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु पाँचै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कञ्चनपुर:- मिति २०८२।०३।०५ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. ३ कान्छी बजार स्थित ऐ.५झिलमिला बस्ने बर्ष २५ को नरेन्द्र प्रसाद भट्ट, बेदकोट न.पा.१० दैजी बस्ने बर्ष ३२ को केशब बिष्ट र भिमदत्त न.पा.४ महेन्द्रनगर बस्ने बर्ष २८ की लक्ष्मी चन्दलाई सडक छेउमा बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ७३० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको से ६ प २२६३ मोटरसाइकल थान-१ सहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बल वि.ओ.पी. झिलमिला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०३।०५ गते ११:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ सब्जिमण्डी नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,०००।- बराबरको बिडी, सुटपिस लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।०५ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,६२०।– बराबरको पेय पदार्थ, BERGER PAINTS, गम्छा, गञ्जी, प्लाष्टिक झिल्ली, मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।०४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथ मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. कुटपिट मुद्दामा ६ महिना कैद सजाय र रु.६,०००।- (छ हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चादनी न.पा.१० बस्ने १८ बर्षिय किशोर ।२. लागूऔषध मुद्दामा ४ बर्ष ६ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१० लालपुर बस्ने बर्ष ३० को भुवन कुवर ।
कैलाली:- मिति २०८२।०३।०४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.७ घोडाघोडिया स्थित मोहना नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने बर्ष अन्दाजी बर्ष ४५ को दुलाराम चौधरी पानिमा डुवी बेपत्ता भएको खवर प्राप्त हुनासाथ स्थानियको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर, कैलाली र सशस्त्र प्रहरी वल BOP भुईया फाँटाबाट खटिएको टोलीले संयुक्त रुपमा खोजतलास गर्दा मृत अवस्थामा फेला परेको ।
कैलाली:- मिति २०८२।०३।०४ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.१ स्थित शेरचन होटलको ११० नम्बर कोठाबाट ऐ. लम्कि चुहा न.पा.६ गुलरा बस्ने बर्ष २४ को शुरेश रावल, वर्ष २० को प्रमोद धामी, वर्ष २३ को तुषार कटुवाल र ऐ.जानकी गा.पा.९ बस्ने बर्ष २५ को अनिष रावललाई सोही होटलको कोठामा लागूऔषध सेबन गरि रहेको अवस्थामा ३ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु चारै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०३।०४ गते १६:१५ बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेक पोष्टमा ऐ. लम्कि चुहा न.पा.१ सिबिर बस्ने बर्ष २५ को हरीराम चौधरीलाई शंका लागि चेकजाँच गर्दा ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. १० सुकासाल र बेलौरी न.पा. २ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८४,६०५।– बराबरको चिनी, पेय पदार्थ, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०३।०३ गते १७:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ स्थित खुटिया नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने बर्ष अन्दाजी ९/१० को कृष्ण प्रसाद जोशी पानिमा डुवी बेपत्ता भएको खवर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगइ खोजतलास गर्दा मृत अवस्थामा फेला परेको ।
कञ्चनपुर:- मिति २०८२।०३।०३ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकी स्थित नेपाल भारत सिमाना ०७ नम्बर पिल्लर नजिकबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा ऐ.६ बस्ने बर्ष २६ को राजेश गुरुङलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०३।०३ गते २१:१० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ खैराना स्थित कलकत्ता बेलौरी सडक खण्डबाट ऐ. पुर्नवास न.पा.१ पुरैना बस्ने बर्ष ३८ को कञ्चनजंग चौधरी र बर्ष २२ को अर्जुन रानालाई शंका लागि चेकजाँच गर्दा ०.९१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।०३ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ चम्फापुर स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,५६०।- बराबरको हार्डवेयर तथा किरानाका लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले अबैध रुपमा साल जातको काठ चिरानी मुद्दामा २० दिन कैद सजाय र रु.३०,४३० (तिस हजार चार सय तिस) जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, आलिताल गा.पा. ८ बस्ने बर्ष ४० को कमल थापामगरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०१ गते ऐ.वडा कार्यालय नजिक बाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०३।०२ गते ०३:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. ०६ बाघमारा बस्ने लाल सिंह भुलको काठले बनेको टिनले छाएको दुईतले कच्ची गोठमा हावाहुरी पानी संगै पर्न गएको चट्याङको झिल्का बाट आगलागी हुँदा अन्दाजी मुल्य रु.१,००,०००।– (एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।
कैलाली:- मिति २०८२।०३।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र राष्ट्रिय वाणिज्य बैंक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८८,४७०।– बराबरको काजु, पेन्ट, प्लाजु, कुर्ती, वान पिस, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०३।०१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ गड्डाचौकी र बेलौरी न.पा. १० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५७,६५०।– बराबरको पेय पदार्थ, चिनी, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति२०८१।०९।१२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने गणेश चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३१ गते ऐ.कैलारी गा.पा.१ हसुलिया बजारबाट पक्राउ गरेको । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०५।२० गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना २९ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गज्जर बस्ने बर्ष २९ को नरेन्द्र कार्कीलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कैलाली:- मिति २०८२।०२।३१ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ लक्ष्मी नर्सरी नजिकबाट ऐ. गौरीगंगा न.पा.४ बस्ने बर्ष २६ को बिजय नेपाली र ऐ.२ बस्ने बर्ष ३२ को अभिशेक हमाललाई शंका लागि चेकजाँच गर्दा ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०२।३१ गते १७:२० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.७ मोतीनगर चोक स्थित सडक खण्डबाट ऐ. जोशीपुर गा.पा.१ बस्ने बर्ष २३ को शिव बहादुर चौधरीले ऐ. जानकी गा.पा.७ बस्ने बर्ष ३३ को देसराम चौधरीलाई बिक्री बितरण गरिरहेको अवस्थामा १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कञ्चनपुर:- मिति २०८२।०२।३१ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलाचौर केदार टोल स्थित बर्ष ६० को राम सिंह साउदको घरमा खानतालासी गर्दा २ के.जि. १५५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०२।३१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मसान टोल र सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,०५०।– बराबरको सुटपिस, कुर्ती, टप्स, प्लाजु, धोती, दोपट्टा, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८०।११।२९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र रु.२,००,०००।– (दुई लाख) जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.५ बस्ने बर्ष २७ को हरी सिंह पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३० गते ऐ. अमरगढी न.पा. ५ तुफानडाँडाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- मिति २०८२।०२।२९ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.०४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ वडहरा बस्ने वर्ष २७ को अम्मर चौधरीले चलाएको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को भिमजंग कठरिया समेत दुई जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र सशस्त्र प्रहरी बल वि.ओ.पी. आँपताल, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । यसैगरी, मिति २०८२।०२।२९ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.०१ पशुपति टोलबाट ऐ. भिमदत्त न.पा.११ सम्झना टोल बस्ने बर्ष २३ को सुरज सार्की समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा ०.०५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८२।०२।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिक, सहिद गेट नजिक र टीकापुर न.पा. ९ बालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,४४०।– बराबरको चक्लेट, सुर्ती, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।