प्रहरी सेवाहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
मुलभुत विचार
" कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको...
-
फरार प्रतिवादी पक्राउ
२०८१-०७-१४कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २६ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.२ बस्ने बर्ष २६ को ज्ञानेन्द्र सिह धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।१३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
[ विस्तृतमा ] -
जुवातास खेलिरहेको अबस्थामा २६ जना पक्राउ
२०८१-०७-१४कैलाली:- मिति २०८१।०७।१४ गते ०१:२० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज प्रदिप भुल सहित ९ (नौ) जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु. ६१,२३०।-, २ गड्डी तास र बा.प्र.०२-०४१ प १८५४ नम्बरको स्कुटी सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । कञ्चनपुर :- मिति २०८१।०७।१४ गते ००:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ बनगाँउ स्थित बर्ष ३२ को भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज भिम घटाल सहित १२ (बाह्र) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. ८२,३२२।- र ६ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । बझाङ :- मिति २०८१।०७।१४ गते ०२:४० बजेको समयमा जिल्ला बझाङ, जयपृथ्वी न.पा.९ सिमखेत बस्ने बर्ष ६५ को बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा निज बजुर खड्कासहित ५ (पाँच) जनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले नगद रु. ६६,१३०।- र २ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४कञ्चनपुर:- मिति २०८१।०७।१३ गते २०:३० बजेको समयमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट IBRD, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, पुर्नवास न.पा.३ IBRD बजारबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ हसनपुर बस्ने वर्ष ३१ को अमित कुमार वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निजको साथमा रहेकी जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ टेडुवा बस्ने वर्ष ४० की सिता देवी चौधरीलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । कैलाली:- मिति २०८१।०७।१३ गते १८:०५ बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जानकी गा.पा.७ मोतिनगर स्थित सडक छेउमा भत्केको पुरानो घरको कोठा भित्र सामुहिक रुपमा लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा जिल्ला कैलाली, जानकी गा.पा.७ बस्ने बर्ष २२ को बिक्रम विश्वकर्मा, बर्ष १९ को प्रविन सिंह, बर्ष २१ को बिरेन्द्र बि.क., बर्ष २१ को रिजन विश्वकर्मा, बर्ष २२ को राहुल बि.क. ऐ. बर्दगोरिया गा.पा.४ बौनिया बस्ने बर्ष १९ को हेमन्त तिरुवा, बर्ष २६ को तेजश विश्वकर्मा र बर्ष २५ को बिर्जु विश्वकर्माको साथबाट ८० ग्राम लागु औषध गाँजा जस्तो देखिने धुलो र पातबाट बनेको ४ (चार) वटा सुल्पा सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०१-१८ | जनपद तर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा सम्बन्धमा मिति २०८१।०१।१८ गते । | |
२०८१-०१-१८ | जनपद तर्फका प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा मिति २०८१।०१।१८ गते | |
२०८१-०१-१८ | जनपद तर्फका प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा सम्बन्धमा मिति २०८१।०१।१८ गते । | |
२०८०-०८-०४ | प्रहरी जवानहरुको सरुवा सम्बन्धमा । | |
२०८०-०७-२१ | प्रहरी सहायक निरीक्षकहरुको सरुवा सम्बन्धमा। | |
२०८०-०७-२१ | प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा सम्बन्धमा। |