प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
वैशाख २०८१
फरार प्रतिवादी पक्राउ
२०८१-०१-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. चेक अनादर मुद्दामा रु. २,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को गणेश रावत ।२. गालि बेइज्जति मुद्दामा जनहि रु १,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने वर्ष ६० को बिस्णुलाल आचार्य र  वर्ष ३५ को टिकाराम आचार्य ।३. ज्यान मुद्दामा १० बर्ष कैद सजाय र रु.१,००,०००।-(एकलाख जरिवाना ) ठहर भएका लम्की चुहा न.पा.३ बस्ने वर्ष ५४ को लालमनी तिमलसेना ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोतिपुर स्थित धन सिंह साउँदको एकतले काठले बनेको कच्ची  गाई गोठमा बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका पराल, भुसा लगायतका सामानहरु गरि अन्दाजी रु. ६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।        कैलाली:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा.२ चुहा बस्ने भवानी प्रसाद देवकोटा जैशीको दुई तले दुई कोठे काठले बनेको जस्ता पाताले छाएको कच्ची गोठमा बुधबार दिउँसो आगलागी हुँदा गोठ भित्र रहेका एउटा भैँसी जलेर मृत्यु भएको, एउटा राँगा र ४ वटा बाख्रा जलेर घाईते भएका हुन । उक्त आगलागीबाट घर र गोठ भित्र रहेका अन्नपात,लत्ताकपडा,भुषा,पराल,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,००,०००।– (सात लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षति नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१३

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडाबाट ३.०९ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को बिबेक चौधरीलाई  बुधबार प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुरबाट ०.२६ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २२ को कमल चन्दलाई  बुधबार प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले निज हिँडीरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१३

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ शिवनगर र श्रीलंका टापुबाट,ऐ.२ ट्राफिकचोक नजिकबाट, ऐ.८ क्याम्पस चोक, र ऐ.१० सालघारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,२२,७००।–बराबरको प्याज,चिनी,सुर्ती, बेल्टको कडी,अचार,स्याम्पु,लेडिज कुर्ती,पानि तान्ने मोटर,बोईलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता, बेलौरी न.पा.१ पिपलचौतारा र खल्लाबाट र पुनर्वास न.पा.११ डोकेबजार गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६९,७००।–बराबरको सुट,धोती, टिसट,अन्डरवेयर,गम्छा,किटनासक विषादी, फलाम र काठले बनाएको गहु,धान चाल्ने चान्ना, बोईलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सवारी दुर्घटनामा मृत्यु
२०८१-०१-१२

     डोटी:- जिल्ला डोटी, जोरायल गा.पा.२ धारापानी स्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ख ००१२ नम्बरको खाली ट्याङ्कर र बिपरित दिशाबाट आउँदै गरेको सु.प.प्र.०१०११ प ५२१९ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला कैलाली जानकी गाउँपालिका ९ कटांसे बस्ने बर्ष ३६ को रमेश बि.क.को बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी मोटरसाईकल पछाडी सवार निजकी श्रीमती बर्ष ३५ की लक्ष्मी बि.क.को सोही अस्पतालमा उपचार भईरहेको छ । ट्याङकर र चालक जिल्ला डडेल्धुरा अमरगढी न.पा.८ बस्ने बर्ष ३८ को गोविन्द राज पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजि स्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला कञ्चनपुर बेदकोट न.पा.२ बस्ने बर्ष २६ को श्रीधर नाथको बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को राम बहादुर मिजार, बिपरीत दिशाबाट आईरहेको म २ प ३५५६ नम्बरको  मोटरसाईकल चालक ऐ. ३ बस्ने बर्ष २५ को नबिन टमटा र सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ की कबिता टमटा समेत तिनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१२

    कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा.६ बिजगडा बस्ने शिकुराम जैशीको काठले बनेको खरले छाएको घर र गोठमा अचानक जंगलमा लागेको आगोबाट मंगलबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. १,६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा. ०१ महेन्द्रनगर रोड स्थित जिल्ला कन्चनपुर,कृष्णपुर न.पा.०७  बस्ने प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा मंगलबार राती अचानक आगलागी हुँदा पसल भित्र रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउन वाँकि रहेको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१२

     कैलाली:- धनगढी उ.म.न.पा.३ मिलनचोकबाट ३६० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २० की चेतना सेट्टी अवस्थीलाई  मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     यसैगरी, धनगढी उ.म.न.पा.७ बेलीबाट ९० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ को प्रदिप रानालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१२

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी नजिकबाट,ऐ.३ पुरवार पेट्रोल पम्प नजिकबाट, ऐ.९ त्रिवेणीघाट,ऐ.१२ खप्तड ईटा भट्टा नजिकबाट,ऐ.१५ कनरी बजारबाट, घोडाघोडी न.पा.७ भजनी सुखड भित्री सडक खण्डबाट, टिकापुर न.पा.८ बटनपुर र भजनी न.पा.५ कव्वाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७४,८१७।–बराबरको प्याज,चिनी,सुर्ती, नरिवल,बिस्कुट,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सुट पिस,पानीपुरी,चक्लेट,बेसनको पिठो, आरा मेसिनको चेन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल,ऐ.१७ मझगाउँ,बेलौरी न.पा.१ फटैया, ऐ.२ बैजुडाडा र बन्दातालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,९८०।–बराबरको प्याज,चिनी,दाल,हरियो केराउ,मोबिल,पेय पदार्थ, माछा, साईकल थान-३ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     यसैगरी, बेलौरी न.पा.८ कलकत्ताबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.१४,५०,०००।–(चौध लाख पचाँस हजार) बराबरको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्राली थान- २ मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ र ट्राली आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-११

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. बिना ईजाजत बन पैदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजाय र रु. ४,९४८।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष ३० को सन्तरी राना ।२. चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ३० को पद्दुलाल चौधरी ।३. बन सम्बन्धी मुद्दामा रु.१,४५,०००।- जरिवाना ठहर भएका भजनी न.पा.८ बस्ने बर्ष ३२ को रमेश चौधरी ।

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-११

       कैलाली:- धनगढी उ.म.न.पा.१२ पटरीघाटबाट ५ ग्राम ४३० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.८ बस्ने १८ बर्षिय किशोर र ऐ.३ बस्ने १८ बर्षिय किशोर गरि दुई जनालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- भिमदत्त न.पा. ७ हल्दुखालबाट ०.२७ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २९ को सन्तोष जाग्री र ऐ. ३ तिलकपुरबाट ०.९४ ग्राम अबैंध लागू औषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने बर्ष २७ को निराजन बोहरालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-११

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चोक नजिकबाट,ऐ.७ कालिका चोक, गोदावरी न.पा.३ चौकीडाँडा र टिकापुर न.पा. ९ खैरिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,७४५।–बराबरको प्याज,चिनी,सुर्ती, प्लाष्टिक झिल्ली,पेय पदार्थ,कुर्ता सुरवाल,धोती,कुर्ती सेट,थान कपडा,जुत्ता,मोटरसाईकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ बनगाँउ,ऐ.१० जिमुवा जाने बाटोबाट र तिनताराबाट र पुनर्वास न.पा. ४ कार्गिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,००४।–बराबरको प्याज,चिनी,मिश्री,चामल,जिरा,मटर,तरकारी,हार्डवेयरका सामान,बिजुलीका सामान,बच्चाको कपडा,कुर्ती,लेडिज टिसर्ट,जुत्ती,चप्पल लगायत बोईलर कुखुरा समेत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

ट्याक्टरको टायर मुनी च्यापिएर मानिसको मृत्यु
२०८१-०१-१०

     बैतडी:- जिल्ला बैतडी, डिलासैनी गा.पा.१ स्थित वडा नं. १ को कार्यालय नजिकै बसन्तपुर तुफानडाँडा भन्ने स्थानमा बर्मबाट सिमार बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४६८६ नम्बरको  ट्याक्टरको ढालामा सवार सोही ठाउँ बस्ने अन्दाजी बर्ष २५ को नरेन्द्र प्रसाद भट्ट एक्कासी ढालाबाट खसेर ट्याक्टरको पछाडीको टायर मुनी च्यापीन गई आईतबार दिउँसो निजको घटनास्थलमा नै मृत्यु भएको हो । निजको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी सिमार बैतडीबाट प्रहरी टोली खटिई गई ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०१-१०

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी, टिकापुर न.पा.७ डाँडाबोझी, भजनी न.पा.३ कांडा र कैलारी गा.पा. ७ झोलुङगे पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१७,३००।–बराबरको प्याज,चिनी,बिडी,सुर्ती,खाने तेल,पेय पदार्थ,प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   यसैगरी, धनगढी उ.म.न.पा.८ धनगढी गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको अन्दाजी मूल्य रु.२,८१,५१०।–बराबरको ३७ कुण्डल १७ के.जी. गहुँ र गोरु समेत डल्लव थान- ४ सहित जिल्ला लखिमपुर खिरी गौरीफण्टा ग्राम कजरिया भारत बस्ने बर्ष ३५ को राम शरण राना समेत तीन जना भारतिय नागरिकलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ,गोरु सहित डल्लव र मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । 

सवारी दुर्घटनामा मृत्यु
२०८१-०१-०९

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ मैनाह स्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरी तर्फ आउदै गरेको से.२ त.२२५४ नम्बरको पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिन गई ट्याक्टर चालक ऐ.लालझाडी गा.पा. ६ चान्देउ बस्ने अन्दाजी बर्ष ३५ को सुरेश चौधरीको शनिबार राती सोही ट्याक्टर मुनि च्यापिई घटनास्थलमै मृत्यु भएको हो ।  निजको ट्याक्टर मुनि च्यापिई घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट प्रहरी टोली खटिई गई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैंध लागू औषध सहित दुई जना पक्राउ
२०८१-०१-०९

     कञ्चनपुर:-जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध लागू औषध फेनारगन थान २६ र बुप्रेनोरफिन थान-२६ सहित भिमदत्त न.पा.४ बस्ने बर्ष २० को चक्र सुनार समेत दुई जनालाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आउने क्रममा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त अबैंध लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

जुवातास खेलिरहेको अबस्थामा १३ जना पक्राउ
२०८१-०१-०९

     कञ्चनपुर:-जिल्ला कञ्चनपुर,बेलौरी न.पा.६ हात्तीबोझा बस्ने बर्ष ४६ को मण्डी बडायकले सोही ठाँउ स्थित सञ्चालन गरेको नास्ता पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सञ्चालक सहित आठ जना मानिसहरुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त नास्ता पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद रु.११,५१०।– र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कैलाली:-जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने बर्ष ४२ को करन चन्दले ऐ.धनगढी रोड स्थित सञ्चालन गरेको रेड्सन प्लाजाको दोस्रो तलाको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सञ्चालक सहित पाँच जना मानिसहरुलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुलाई नगद रु.१,५५,२००।– ,५ गड्डी तास र NMB Bank को खाली चेक पाना थान-३ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०१-०९

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक र भन्सार चोकबाट,ऐ.४ दक्षिणकाली,गोदावरी न.पा. ३ चौकीडाँडा र कैलारी गा.पा.३ हुलाकी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४९,२८५।–बराबरको प्याज,सुर्ती,पान मसला,नरिवल,जिरा,धनिया,बिडी,सरफ,चाट मसला,पास्ता,अचार मसला लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      यसैगरि, धनगढी उ.म.न.पा.४ बोराडाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२५,२६०।–बराबरको ३५० किलोग्राम प्याज र अटो थान १ सहित गोदावरी न.पा.३ बस्ने बर्ष ४० की जयन्ती ऐरलाई शनिबार अस्थायी प्रहरी पोष्ट चटकपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित प्याज र अटो सहित मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।     यसैगरि, जानकी गा.पा.४ मनुवाबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,९२,०००।–बराबरको २४० किलोग्राम धानको बिउ सहित उक्त बिउ बोकेको अटो थान १ शनिबार ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०८

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ बसन्तटोल,ऐ.२ ट्राफिक चौराह नजिकबाट र ऐ.५ उत्तरवेहडी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,९००।–बराबरको प्याज,चिनी,प्लाष्टिक झिल्ली,जिरा,लेडिज सुट लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ घ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,०००।–बराबरको प्याज,चिनी,सुर्ती,मिठाई,सुपारी,प्लाष्टिक डोरी,लगायतका सामानहरु शुक्रबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-०७

       बैतडी:- जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ भनकुडा स्थित जय बहादुर चन्दको ढुंगाले बनेको खर र त्रिपालले छाएको ४ कोठे र ७ कोठे गरी २ (दुई) वटा घरमा सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन,लत्ताकपडा,खाद्यान्न,सोलार प्यानल लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।–(पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कर्णाली नदीमा बगेर बेपत्ता
२०८१-०१-०७

     बाजुरा:- जिल्ला बाजुरा, जगन्नाथ गा.पा.२ बस्केना बस्ने नन्द बहादुर शाहको छोरी अन्दाजी बर्ष १५ की सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी अन्दाजी बर्ष १३ की सन्जु कुमारी शाही बिहीबार दिउँसो ऐ.नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका हुन । निज दुबै जना बालिका बगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई गई बुझ्दा निजहरु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकालाई सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका बालिकाहरुको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०६

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.३ ब्यारेल नजिकबाट, ऐ.९ बाङ्ग्राकटानबाट र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,४६०।–बराबरको प्याज,लेडिज कुर्ती,सारी,सुर्ती,लेडिज कुर्ता सुरुवाल,चिनी,प्लाष्टिकको खेलौना,नमकिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ बनगाँउ र ९ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,४००।- बराबरको चिनी,दाल,खानेतेल,पास्ता लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय ब्रहमदेव र अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०५

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ३३ को नर सिंह चौधरी ।  २. कुटपिट मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ४५ को भानु चौधरी ।  ३. बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी न.पा.९ बस्ने बर्ष ४१ को हरिलाल भण्डारी । ४. लागू औषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी गा.पा. ६ बस्ने वर्ष २७ को ललित कडायत । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०१-०५

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.बालुवाघाटबाट र गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,५९०।–बराबरको प्याज,गुट्खा,पास्ता,लेडिज कुर्ती,सुपारी,चकलेट लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          यसैगरी, गोदावरी न.पा. ०१ धनगढी रोड स्थित सब्जी मण्डी नजिकबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,५४,५००।–बराबरको ११ सय किलोग्राम प्याज र ८ वटा मोटरसाईकल सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष ४० को राम अवतार रानालाई बिशेष सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले   कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिधुत कार्यालय नजिक,ऐ.११ चौकी सत्ताबाट, बेलौरी न.पा.१ फटैया ,ऐ.२ बैजुडाडा, ऐ.६ नकैया,भुराकोट र ऐ.१० भुडा पन्तचोक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६१,३५१।- बराबरको चिनी,रिफाईन्ड तेल,चरिको बिउ,लेडिज सुट,चकलेट,सुर्ती,कस्मेटिक सामान,बोईलर कुखुरा लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी तथा ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०४

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।   निम्न:-१. चोरी मुद्दामा रु.४,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष २२ को दिनेश वि.क. ।  २. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ४५ को चन्द्र प्रकाश कोइराला ।  ३. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ३४ को जगत प्रकाश कोईराला ।  ४. बन मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ६० को रतन लाल सार्की ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ चटकपुर नजिकबाट, भजनी न.पा.०६ नवलपुर र टिकापुर न.पा.१ सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,१००।–बराबरको प्याज,सुर्ती,चिनी,खानेतेल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,२००।- (एक लाख छ हजार दुइ सय) बराबरको ब्लाउज थान कपडा, सेतो थान कपडा, कालो पोलिथिन, रिफाईन्ड तेल, डाल्डा, चरिको बिउ,चप्पल,ब्रेक-सु,मोटरसाईकलको हेडलाईट,कोराजिन औषधी लगायतका सामानहरु सोमबार ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०३

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट र गोदावरी न.पा.१ मनहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९१,४४०।–बराबरको प्याज,सुर्ती,साडी,लेडिज सुट लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।           कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,६००।–बराबरको आलु,छिद्रा माछा,साईकल लगायतका सामानहरु आईतबार प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०१

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । निम्न:-१. ठगी मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.२ बस्ने बर्ष २६ को पारस मल्ल ।२. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ९ बस्ने बर्ष ४२ को शुशिल चौधरी ।     डडेल्धुरा:- सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्धामा रु.३३,०००।- जरिवाना ठहर भई फरार रहेका अमरगढी न.पा.७ पोखरा बस्ने बर्ष २८ को तेज कैनीलाई शुक्रबार प्रहरी चौकी पोखरा डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०१

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट,भजनी न.पा.५ हलौनाघाट र गोदावरी न.पा.३ चौकीडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४३,१४४।–बराबरको चिनी,प्याज,चप्पल,डाल्डा,ट्याक्टरको टायर,ट्युब,अचार लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ मझगाँउ चोक नजिकबाट र बेलौरी न.पा.२ थापाचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,५४४।–बराबरको खाने तेल,मिठाई,बिडी,बेसन,फ्रिज,डिउ लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     

अधिक लोड >>
कम देखाउनुहोस् <<