प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०८३
फरार प्रतिबादी पक्राउ
२०८३-०२-१४

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१.     सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको मोहन्याल गा.पा.३ बस्ने दिपेन्द्र बहादुर बटला ।२.     बन मुद्दामा १५ दिन कैद सजाय र रु.३६,७१५।– जरिवाना तोकिएको बर्दगोरिया गा.पा.६ बस्ने कालु भुल ।३.     बन मुद्दामा ६ महिना कैद सजाय र रु.६०,६२४।– जरिवाना तोकिएको घोडाघोडी न.पा.४ बस्ने भुवन रतौली । ४.     आत्महत्या दुरुत्साहन मुद्दामा २३ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको टिकापुर न.पा.१ भगरैया बस्ने भुपेन्द्र चौधरी ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१४

   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.९ जिरो पोईन्टबाट १ ग्राम ८८० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा  सोही न.पा ७ हल्दुखाल बस्ने बर्ष २७ को मनोज बहादुर सिंह, बर्ष ४८ को उदय भट्ट र बर्ष २९ की हिमा सिंह रहेका छन ।  इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।     

फरार प्रतिबादी पक्राउ
२०८३-०२-१३

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१.     चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको बेदकोट न.पा.१ हात्तिथला बस्ने बर्ष २४ को मुकेश बोहरा ।२.     अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।- जरीवाना तोकिएको बेल्डाडी गा.पा.२ बस्ने बर्ष ३८ को अम्मर ब.शाही ।    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएको मोहन्याल गा.पा.२ बस्ने बर्ष २५ को प्रेम देबकोटालाई इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१३

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र ऐ. ७ कालिका चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८१,९९०।– बराबरको चिनी, सरप, सुटपिस, पानि तान्ने मोटर, फिल्टर लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० गड्डाचौकी र बेलौरी न.पा.२ टेडुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,७७,१५०।– बराबरको बिभिन्न किसिमका कपडा, बोईलर कुखुरा, किरानाका सामान, कुखुरा ढुवानीमा प्रयोग भएका मोटरसाइकल थान-४ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०२-१२

     कैलाली:-  जिल्ला कैलाली गोदाबरी न.पा.९ बल्मी बस्ने लक्ष्मीदेवि जोशीको गाई/गोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र गोठ भित्र रहेका काठ, भुसा, पराल लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.१,७०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको,  आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।      बाजुरा :-  जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.५ डोगडी बस्ने लोकेन्द्र रावतको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले ८ कोठे कच्ची घरमा बिद्युतको तार सट भई आगलागी हुँदा गोठमा बाधेका २ वटा  बाख्रा जलेर मृत्यु भएको हो । आगलागीबाट घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो, क्षतिको विवरण आउन वाँकि रहेको छ, मानविय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१२

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ डोके बजार, भजनी न.पा.३ काँडा  र ऐ. ५ हलौना घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०६,५२०।– बराबरको चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा, साबुन  लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ र ऐ.६ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४९,९००।– बराबरको जुत्ता, पेचकिला, मन्दिर गुम्वा, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-११

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१.   १. चोरी मुद्दामा ३ महिना कैद सजाय, रु.१५,०००।– जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकासबस्ती बस्ने बर्ष २६ को महेश राना ।     २. कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र रु.५०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बस्ने बर्ष ३३ को सेवराज राना ।

रोकि राखेको ट्याक्टर अनियन्त्रित भई खस्दा वालिकाको मृत्यु
२०८३-०२-११

       कैलाली:- जिल्ला कैलाली मोहन्याल गा.पा.६ सोल्टा स्थित बागरादेखी सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकबाट अन्दाजी १५/१६ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरको छोरी वर्ष ९ की जैसरा सिजापतिलाई चोट लाग्न गई घटनास्थलमा नै मृत्यु भएको हो । सोही ठाउँ बस्ने नवराज वि.क.को छोरी वर्ष ५ की मनिषा वि.क. घाइते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ । ट्याक्टर धनी मोहन्याल गा.पा.६ बस्ने वर्ष २२ को जिवन वि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक जिल्ला सुर्खेत, वि.न.पा. छिन्छु बस्ने सशिप ओली फरार रहेकोले निजको खोजतलास भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को संजय बिश्वकर्मालाई आइतवार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा देश भारत लखिमपुरी जिल्ला तेकुनिया बस्ने बर्ष २८ को विकाश कुमार र बर्ष ३४ को मन्जोत सिंह रहेका छन ।  भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी. ३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.६ बस्ने बर्ष २३ को आशिष शाही र वर्ष १९ को ओम प्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-११

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.१० सिमलघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,२५०।– बराबरको चिनी, मिठाई, पानिपुरी, मसला, सरप, कुर्ति, दोपट्टा, छिद्रा माछा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, ऐ.११ भुजेला र लालझाडी गा.पा. १ नौरङगाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३२,७४०।– बराबरको चप्पल, सुटपिस, केरा, विभिन्न किसिमका इलेक्ट्रिक सामान, किराना लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१०

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.३ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४३,१३०।– बराबरको सुटपिस, मिठाई, बच्चाका खेलौना, सरप, साइकलका विभिन्न सामानहरु, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.५ भकुण्डा, पुनर्वास न.पा.६ खप्तड स्कुल नजिक र पुनर्वास न.पा.८ लम्साल चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३२,५००।– बराबरको पेय पदार्थ, Air cooler, बोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिवादी पक्राउ
२०८३-०२-०९

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जानकी गा.पा.७ गौलौरी बस्ने बर्ष २२ को रबि कुमाल थारुलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।   बैतडी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत पाटनको मिति २०७९।११।२६ गतेको फैसलाले बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र रु.९,५०,०००।–(नौ लाख पचास हजार) जरिवाना तोकिएको पुर्चौडी न.पा.५ कुवाकोट वस्ने बर्ष ३७ को सुमित कुमार कुँवरलाई इलाका प्रहरी कार्यालय पाटन, बैतडी समेतबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०९

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४०० मिलिग्राम सहित टिकापुर न.पा.१ एकतानगर बस्ने बर्ष १९ को नरेश परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ वाणी दुई नम्बर चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को सुर्य नाथ, बर्ष २८ को रोहन बोहरा र वर्ष २८ को हिक्मत भण्डारी रहेका छन् । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.१० बसपार्क स्थित सोही ठाउँ बस्ने वर्ष २५ की साधना बोहराले सञ्चालन गरेको किराना पसलबाट ३१४ ग्राम ८४० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०८

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ नेशनल ट्रेडिङ् नजिक र ऐ. १९ खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,१००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली, वोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ बैजुडाडा र बेलडाँडी गा.पा.३ कमरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१५,९७१।– बराबरको चिनी, पेय पदार्थ, हार्डवेयर, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०७

       कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।        कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २० को अंकित धामी समेत ६ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०७

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ चेतन होटल नजिक, ऐ.१३ बैजनाथ मन्दीर नजिक र बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,५४४।– बराबरको क्रिम, पाउडर, तेल, साबुन, विभिन्न किसिमका औषधि, किराना लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली कैलाली धनगढी उ.म.न.पा.१९ लल्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।– बराबरको सिद्रा माछा वुधबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        बैतडी:- जिल्ला बैतडी कैलाली दशरथ चन्द न.पा.२ सुँगरखालीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४४,०००।– बराबरको ३६० बण्डल पनिहारिन बिँडि वुधबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय झुलाघाट, बैतडीमा वुझाएको हो  । 

फरार प्रतिवादी पक्राउ
२०८३-०२-०६

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले प्राचिन स्मारक मुद्दामा ३ महिना २ दिन कैद सजाय र रु.१४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ बौनिया वजार बस्ने अम्बर बहादुर शाहीलाई इलाका प्रहरी कार्यालय बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष २९ को गणेश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०६

   कैलाली:- जिल्ला कैलाली भजनी न.पा.१ भजनी वजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५५० मिलिग्राम सहित जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ घर भई हाल भजनी वजार स्थित होटेलमा कोठा गरी बस्दै आएको बर्ष ३० को नरेन्द्र मार्कण्डलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ सुकुटी तालबाट १ ग्राम ३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २३ को श्याम राना र बर्ष २२ को सुरेन्द्र राना रहेका छन । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०६

       कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट, ऐ.७ मनेहरा, भजनी न.पा.७ हलौनाघाट र जानकि गा.पा. ४ मुनुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६९,६६०।– बराबरको चिनी, सुर्ति, सरप, पास्ता, इम्ली, सुटपिस, मोटरका बिभिन्न सामान, किरानाका सामान, मोटरसाइकल थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ गड्डाचौकी र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१९,३४०।– बराबरको चिनी, मिश्री, दाल, पेय पदार्थ, मिठाई, किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम २३० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष १९ को लक्ष्मण रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट ७९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा न.पा.७ बस्ने बर्ष २८ को शिव कामी र १७ वर्षिय किशोर रहेका छन । भारत बाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले भे ७ प ४४० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.८ काडाँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १२० मिलिग्राम सहित जानकी गा.पा.२ बस्ने बर्ष २९ को दिपक दमाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित घरमा लागूऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ वस्ने बर्ष २८ को फुलचरण राना र बर्ष २७ को हरिस रानाको घर कोठामा खानतलासी गर्दा फुलचरण रानाको घर कोठाबाट ८ ग्राम ८७० मिलिग्राम र हरिस रानाको घर कोठाबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित दुवै जनालाई पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०५

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ त्रिवेणीघाट र टिकापुर न.पा.८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,६६५।– बराबरको सुर्ति, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,५००।– बराबरको तरकारी, किराना लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु
२०८३-०२-०४

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ आर्मी ब्यारेक नजिक अत्तरीयाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००२ त ६८९९ नम्बरको ट्याक्टरले सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०१४ प २६२८ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक जिल्ला अछाम, मेल्लेख गा.पा.६ बस्ने बर्ष ३७ को प्रभाकर भट्टराई गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ६३ को राम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०४

   दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ९५० मिलिग्राम,  लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ३८ ग्राम १५० मिलिग्राम र डिजिटल तराजु थान १ सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहुँ गा.पा.१ स्थायी वतन भई हाल महाकाली न.पा.४ बाङ्गाबगर बस्ने बर्ष ३० को रबि कुवर, नौगाड गा.पा.१ दल्लेख बस्ने बर्ष २२ को देवेन्द्र चुनारा र व्यास गा.पा.१ तिङकर बस्ने बर्ष ३४ को प्रलभ तिंकरी रहेका छन् । रवि कुवँरको घरमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८३-०२-०२

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएकी जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ श्रीलङ्का टोल बस्ने बर्ष ३२ की शान्ती देवी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।१०।२४ गतेको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३० को दिलु बादी र सोही ठाउँ बस्ने बर्ष २७ की अन्नु सुनारलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले शुक्रबार सोही ठाउँ वणी बजारबाट पक्राउ गरेको हो ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०२

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम १६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बर्दिया, राजापुर न.पा. ४ बस्ने बर्ष ३० को तेज बहादुर बिटालु र जिल्ला सुर्खेत बिरेन्द्र नगर न.पा. १२ बस्ने बर्ष १९ को सोहन नेपाली रहेका छन । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले अटोमा सवार रहेका निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. २ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२० मिलिग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.२  बस्ने बर्ष ३६ को तिलक वलि, धनगढी उ.म.नपा.१० बस्ने बर्ष १९ की संगिता राना, कैलारी गा.पा.८ बस्ने बर्ष १९ की नबिना चौधरी र जिल्ला बझाङ, जयपृथ्वी न.पा.७ बस्ने बर्ष १९ की अस्मिता खत्री रहेका छन । लागूऔषधको कारोबार भैइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले तिलक बहादुर वलीले संचालन गरेको आर. बि. होटेलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु चारै जनालाई पक्राउ गरेको हो ।       यसैगरी:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ३ ग्राम ६६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, लम्की चुहा न.पा.१ बस्ने बर्ष २१ को दिच्छु चौधरी, बर्ष १९ को राजेश सोप बराल र  १८ बर्षिय किशोर रहेका छन । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ६२ प २९७६ नम्बरको स्कुटरमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गजरौला बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ गुलरिया बस्ने बर्ष  ३१ को पारस जोशी, सोही न.पा. ६ मौरिफाटा बस्ने बर्ष २३ को भरत रोकाया र सोही न.पा. ७ कलुवापुर बस्ने १८ वर्षिय किशोर रहेका छन ।  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि  उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<